काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहाललाई उपचारका लागि भारतीय योगबाबा रामदेवको आश्रममा पुर्याइएको छ ।


ADVERTISEMENT


लामो समयदेखि प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित सीतालाई भारतको उत्तराखण्डस्थित हरिद्वारमा रहेको पतञ्जली योगपीठमा पुर्याइएको हो । सीतासंगै छोरी गंगा र पूर्व उद्योग वाणिज्यमन्त्री मातृका यादवलगायत त्यहाँ पुगेका छन् ।


ADVERTISEMENT

# # #


आयुर्वेदिक उपचारका लागि उनलाई त्यहाँ लगिएको छोरी गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेकी छन् ।

सीताले बाबा रामदेवका साथै आचार्य बालकृष्णलाई समेत भेटेकी छन् । सार्वजनिक तस्बिरमा सीतालाई आचार्य बालकृष्णले हात समाएर पीठमा घुमाएको देख्न सकिन्छ ।

(सबै तस्बिर गंगा दाहालको फेसबुकबाट)