काठमाडौं – ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा बीबीसीले फ्रेन्ड्स क्लबलाई २–० गोलले हरायो ।


ADVERTISEMENT


पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा बीबीसीले दुवै गोल दोस्रो हाफको अन्तिममा गरेको थियो । ८८औं मिनेटमा जय गुरुङले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए ।


ADVERTISEMENT

# # #


त्यसपछि इन्जुरी समयमा रोशन रानामगरले गोल गर्दै बीबीसीको जित पक्का बनाए । पहिलो हाफमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर खेर फालेका थिए ।

बीबीसीले यसअघि पहिलो खेलमा मच्छिन्द्रसँग २–० गोलको हार खेपेको थियो । फ्रेन्ड्सको भने यो लगातार दोस्रो हार हो । फ्रेन्ड्स पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–१ गोलले पराजित भएको थियो ।