काठमाडौँ – भक्तपुरको बोडेस्थित ज्ञान सुधासागर पाठशालाले बोडे वृद्धाश्रमलाई सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जाडोका सामग्रीहरुः टोपी, पञ्जा, मोजा तथा खाद्यान्न वितरण गरेको हो ।


ADVERTISEMENT


विद्यालय तथा विद्यार्थीहरुको संयुक्त पहलमा वृद्धाश्रमलाई जाडोका सामग्री वितरण गरिएको विद्यालयका प्रिन्सपल तुलसी भेटुवालले बताए । विद्यार्थीलाई समाजप्रतिको उत्तरदायित्व बोध होस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको उनले जनाए ।


ADVERTISEMENT

# # #


वृद्धाश्रममा अपांगदेखि ९५ वर्षसम्मका वृद्धवृद्धाहरु रहेका छन् ।