काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक उज्यालो अभियानअन्तर्गत ६ हजार जनालाई सचेतना प्रदान गरेको छ । महाशाखाले पैदल यात्री, चालक–सहचालक, विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न सचेतना प्रदान गरेको हो ।


ADVERTISEMENT


महाशाखाको तीन महिने विशेष ट्राफिक उज्यालो अभियान अन्तर्गत एक हप्तामै ७०३ जना सार्वजनिक सवारी चालक र सहचालक, ७० जना ट्याक्सी चालक, एक हजार छ जना मोटरसाइकल चालक, सिहदरवारस्थित विभिन्न मन्त्रालयका सरकारी चालक ६१२ जनालाई सचेत बनाएको छ । यस्तै नेपाली सेनाका ५७ जना चालक, २ हजार ६३५ जना पैदलयात्री र विद्यार्थी ८०१ गरी ५, हजार ८८४ जनालाई ट्राफिक नियम र सडक अनुशासनबारे सचेत बनाएको मशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


महाशाखाले कोर्स नै डिजाइन गरेर सचेतना प्रदान गरिरहेको उनको भनाई छ । महाशाखाले यसअघि पनि यस अभियान दैनिक रूपमा विभिन्न किसिमले ट्राफिक नियमबारे सचेतना दिँदै आएको थियो ।

महाशाखाको ट्राफिक उज्यालो अभियान सञ्चालनका लागि दैनिक प्रहरी अधिकृतसहित १३० ट्राफिक प्रहरीको जनशक्ति परिचालन छन् भने यस अभियान पुस १ गतेवाट शुरू भएको र फागुन मशान्तसम्म सञ्चालन हुने र अभियानका क्रममा एक लाख नागरिकलाई सचेतना दिईने कार्यक्रम रहेको छ ।