काठमाडौँ – गरिमा विकास बैंकले तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको सोमबार गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह थापाले उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


उद्घाटनपछि बोल्दै विकास बैंकका सञ्चालक संजीव ढकालले त्यस क्षेत्रका ग्राहकहरुको बैंकिङ्ग आवश्यकता पुरा गर्ने तथा उद्यमशीलताको विकासमा सहयोग गर्ने विश्वास रहेको बताए । त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले सदैव ग्राहकहरुको चाहना र सन्तुष्टिलाई केन्द्रमा राखेर उत्कृष्ट सेवा प्रवाह गर्ने बताए ।


ADVERTISEMENT

# # #


गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।