काठमाडौँ – चर्तित गायक रामकृष्ण ढकालले श्री.मती नीलम शाहसंगको सम्बन्ध विच्छेदबारे मुख खालेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत ढकालले आफ्नो र श्रीमतीको सम्बन्धविच्छेदबारे मिडियामा भ्रमित र कपोलकल्पित समाचारका आएको भन्दै असन्तुष्टि जनाएका छन् ।


ADVERTISEMENT


मिडियामा आएका समाचार आफू र आफ्नो परिवारको आत्मसम्मान विपरित रहेको भन्दै उनले नकारात्मक टिप्पणी नगरिदिन अनुरोध गरेका छन् । ‘पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन्, ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन् ।’ गायक ढकालले फेसबुक स्टाटसमा भनेका छन्, ‘ त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु।’


ADVERTISEMENT

# # #


उनले श्रीमाती निलम आफ्नो सांगितिक यात्राको प्ररणाको स्रोत रहेको भन्दै आफूहरुको सम्बन्धमा कुनै चिसो नआएको बताएका छन् । ‘नेपाली गीत संगीत क्षेत्रमा मलाई अनवरतरुप मा हिंडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरी श्रीमती निलम हुन् ।’ उनले भनेका छन्, ‘हामी सँधै झैँ हाँसी खुशी परिवारमा सँगै छौँ । हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।’

ढकाल र निलमले १७ वर्षे सम्बन्धलाई बुधबार काठमाडौँ जिल्ला अदालतमा विच्छेद गरेका थिए ।

ढकालले के भनेका छन् ?

मैँले आफूले आफ्नो बोध भएदेखि नै गाउन थालेको हुँ। कती गाएँ त्यो अंकमा गनेको पनि छैन। जीवनको यो लामो अन्तरालमा मैले कति दर्शकरश्रोता कमाएँ भन्ने कुराको कहिल्यै लेखाजोखा गरिँन । तर, समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजोदेखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शीर्ष समाचार बानाएदेखि मलाई मेरा आफ्ना आलोचक र प्रशंसक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पूर्ण दर्शक श्रोताप्रति सधैं कृतज्ञ छु र रहिरहनेछु।

पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन्, ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन् । त्यसैले समाचारलाई विश्वास गरी मेरो परिवारप्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु। विशेष गरी मेरी श्रीमती निलमलाई जोडेर एक महिलाप्रति को न्यूनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरी प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्दछु । सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ-आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन् । व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो। यसर्थ म प्रती चासो देखाउनु हुने मेरा सम्पुम्पूर्ण दर्शक /स्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पुर्ण दर्शक/श्रोताका कारण छु तर नेपाली गित संगीत क्षेत्रमा मलाइ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरी श्रीमती निलम हुन् । हामी सँधै झैँ हाँसी खुशी परिवारमा सँगै छौँ । हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।

आशा छ तपाईहरुको माया रहिरहने छ।
सबैको दिन शुभ रहोस !