काठमाडौँ – सन् २०१९ को अन्तिम सूर्य ग्रहण समाप्त भएको छ । काठमाडौँमा बिहान ८ बजेर ४३ मिनेट, महेन्द्रनगरमा ८ बजेर ३८ मिनेट र भद्रपुर झापामा बिहान ८ बजेर ४८ मिनेटबाट सूर्यग्रहण लागेको थियो ।


ADVERTISEMENT


काठमाडौँ र महेन्द्रनगरबाट ३९ प्रतिशत एवं भद्रपुर, झापाबाट ३६ प्रतिशत सूर्यग्रहण लागेको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सर्वसाधारणका लागि कीर्तिपुरस्थित संङ्ग्रहालयबाट टेलिस्कोपको सहायताद्वारा सूर्यग्रहणको प्रत्यक्ष रूपमा अवलोकन व्यवस्था मिलाएको थियो ।

सूर्य ग्रहण नेपालमात्रै होइन, एशिया, अष्ट्रेलिया लगायतका क्षेत्रमा पनि बिहीबार विभिन्न समयमा सूर्य ग्रहण लागेको थियो ।

हेर्नुहोस् तस्बिर : 

तस्बिरहरु : एजेन्सीको सहयोगमा