काठमाडौं – बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी ११ दिनका लागि पछि सारिएको छ ।


ADVERTISEMENT


संघीय संसद सचिवालयका महाचिव मनोहरप्रसाद भट्टराईले मंगलबार दिउँसो सूचना टाँस गरी विशेष कारण देखाउँदै प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन् । प्रतिनिधिसभाको बैठक अब पुस २७ गते आइतबार दिउँसो १ः०० बजे बस्नेछ ।


ADVERTISEMENT

# # #


तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको मुद्दामा जेल चलान भएपछि सभामुख पद खाली छ । सभामुखको उम्मेदवार कसलाई बनाउने र उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा लामो समयदेखि चर्चा विषय भएको छ ।

यही विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ छलफलमा रहेका छन् ।