काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार बहुदलीय पञ्चायतको अभ्यासमा लागेको बताएको छ ।


ADVERTISEMENT


मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले काँग्रेसको प्रष्ट विमतिका बीच संसदीय समितिबाट सूचना प्रविधि विधेयक पारित हुनुले सरकार अधिनायकवादी निशामा दुई कदम अघि बढेको बताए ।


ADVERTISEMENT

# # #


हरेक नागरिकले सरकारलाई यो प्रश्न समयमै गर्नु पर्ने आवश्यकता रहेको बताउँदै प्रवक्ता शर्माले विधेयकविरुद्ध संसददेखि सडकसम्म संघर्ष गर्ने चेतावनी दिए

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई नियन्त्रण गर्ने गरी सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयक नागरिक स्वतन्त्रता विरुद्धको विधेयक रहेको कांग्रेसको ठहर छ ।  सामाजिक सञ्जालमा कसैले कसैलाई जिस्क्याएकै भरमा ५ वर्ष जेल बस्नुपर्ने, १५ लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने जस्ता प्रावधान लोकतान्त्रिक राज्य व्यवस्थाको भावना र मर्म अनुरुप नभएको कांग्रेसको भनाई छ ।

‘कठोर प्रावधानको बाटोबाट राजनीति, राजनीतिकर्मी या सरकारप्रति व्यंग्य र आलोचना गर्ने नागरिक स्वतन्त्रतालाई समेत कुण्ठीत गर्ने विधेयकलाई समर्थन गर्न सकिँन्न ।’ कांग्रेसले प्रश्न गरेको छ, ‘विधेयकमा उल्लेख भए अनुरुप सामाजिक संञ्जालहरु दर्ता हुन आएनन् भने के सरकार फेसवुक, ट्वीटर र इन्स्टाग्राम जस्ता लोकप्रिय माध्यम बन्द गर्न चाहन्छ ?’

सूचना प्रविधि विधेयक लगायतका विधेयकमार्फत सरकार पूर्ण अधिनायकवादको लक्ष्यमा ‘बहुदलीय पञ्चायती व्यवस्था’ को अभ्यासमा लागेको कांग्रेसले आरोप लगाएको छ ।

एमसीसी संसदमा पेश गर्न माग

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई यो वा त्यो बहानामा अवरुद्ध गर्न खोजिको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । प्रवक्ता शर्माले भने, ‘नेपाली कांग्रेसको नेतृत्वको सरकारका पालामा सुरु भएको एमसीसी सम्झौता तत्काल संसदमा पेश गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।’

चिनी उद्योगीको पार्टी हेरिन्नँ

कांग्रेसले उखुको रकम भुक्तानीका लागि तराई–मधेशका विभिन्न जिल्लामा उखु खेती गरिहेका कृषकहरुको आन्दोलनप्रति समर्थन समर्थ जनाउँदै उखु किसानको रकम तुरुन्त भुक्तानी गर्न चिनी उद्योगी र व्यवसायीलाई आग्रह गरेको छ । यसका लागि सरकारले तुरुन्त पहल गर्नुपर्ने कांग्रेसले बताएको छ ।

उखु किसानको रकम भुक्तानी नगर्नेमा कांग्रेसकै सांसद तथा चिनी उद्योगी रहेकाले तिनलाई के गर्ने भन्ने सञ्चारकर्मीको प्रश्नमा कांग्रेस प्रवक्ता शर्माले चिनी उद्योगीको पार्टी नहेरिने बताए ।