काठमाडौं । ३ नं. प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा गत पुष २९ गते देखि सञ्चालित १६ दिने प्रशिक्षक प्रशिक्षण (जु.प्र.अ.) तालिम दोस्रो समूहको मिति बुधबार एसएसपी सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा समापन भएको छ ।


ADVERTISEMENT


तालिममा २ न. तथा ३ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गतका प्रहरी इकाईहरुबाट कम्तीमा स्नातक उपाधि प्राप्त मध्ये प्र.ना.नि. १३ र प्र.स.नि. १७ गरी जम्मा ३० प्रशिक्षार्थीहरु समावेश भएका थिए ।


ADVERTISEMENT

# # #


तालिम समापनको अवसरमा दक्ष जनशक्ति उत्पादन भएमा मात्र प्रहरीले प्रभावकारी जनमुखि प्रहरी सेवा प्रदान गर्ने उल्लेख गर्दै एसएसपी भण्डारीले सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा उदाहरणीय रुपमा प्रस्तुत गर्दै संगठनले राखेको लक्ष्य अनुरुप दक्ष प्रशिक्षकका रुपमा आफूलाई उभ्याई संगठनबाट संचालन हुने जुनसुकै तालिमका लागि योग्य प्रशिक्षकको रुपमा प्रभावकारी तवरले कार्य सम्पादन गर्ने अपेक्षा राखेका छन् ।  

भण्डारीले सिनियर प्रहरी अधिकृतहरुका लागि समेत तयार गरिएको पाठ्यक्रम अनुसार नै गराइएको तालिम अन्तराष्ट्रयि मापदण्ड अनुरुप सञ्चालन भएकोले जुनियर प्रहरी अधिकृतहरुले पनि कार्य क्षेत्रमा उत्कृष्ट र अव्वल रुपमा क्षमता प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।

तालिम संयोजक प्रहरी निरीक्षक चिरञ्जिवि दाहालले तालिम सम्बन्धि प्रतिवेदन पेश गरेका थिए ।

प्रशिक्षार्थिहरुका तर्फबाट प्र.ना. नि. लोकदर्शन देवकोटाले तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्ने प्रतिबद्वता व्यक्त गरे ।