काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड र बुटवलस्थित तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि.बिच अस्पतालका सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार एनआइसी एशिया बैँकका ग्राहक र कर्मचारीले तिनाउ इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् ।


ADVERTISEMENT


उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं. ५ को यस बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


बैंकले देशभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।