काठमाडौँ – चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले अन्ततः चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि लिएका छन् । शुक्रबार एसपी मल्लले जिल्लाका डिएसपीलाई चार्ज बुझाएका हुन् ।


ADVERTISEMENT


चितवन प्रहरी प्रमुख मल्ललाई प्रहरी प्रधान कार्यालय, नक्सालले ४ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेको थियो । तर, उनले अवज्ञा गर्दै जिल्ला छाड्न मानेका थिएनन् ।


ADVERTISEMENT

# # #


सरुवा भएको दुई हप्तासम्म पनि जिल्ला नछाडेपछि मल्लको चर्को आलोचना भएको थियो । मल्लको स्थानमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई सरूवा गरेको छ ।

बुधबार मात्रै ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले मल्ललाई १२ घन्टे अल्टिमेटम दिएको थियो । मल्ल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वपीएसओ हुन् ।