स्पेनिस ला लिगा फुटबलका पछिल्ला दुई खेल बराबरीमा सकिएका छन् । सेभिया र एथ्लेटिको बिल्वाओ एक एकको बराबरीमा रोकिदा रियल भल्लाडोलिड र लेगानेशले २–२ को बराबरी खेल्दै अंक बाडे ।


ADVERTISEMENT


खेलको १५ औँ मिनेटमा कापाले गोल गर्दै बिल्वाओलाई अग्रता दिलाएका थिए । ६० औँ मिनेटमा उपहार गोलमार्फत सेभिया खेलमा फर्किएको थियो । ६५ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेपनि सेभियाले गोल गर्ने अवसरको भने सदुपयोग गर्न सकेन् । बराबरीसँगै सेभिया ३५ अंकमा तालिकाको तेस्रो स्थानमा यथावत रहेको छ । १९ खेलबाट २९ अंक जोडेको बिल्वाओ सातौँ स्थानमा छ ।


ADVERTISEMENT

# # #


भल्लाडोलिडबिरुद्ध २ पटक अग्रता बनाएर पनि लेगानेश अंक बाँड्न बाध्य भयो । चौथो मिनेटमा अग्रता बनाएको लेगानेशबिरुद्ध आठौँ मिनेटमा भल्लाडोलिडले गोल गरेको थियो । ७९ औ मिनेटमा भल्लाडोलिडले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याएको हो ।