राष्ट्रिय जनता पार्टी राजपाले आज उम्मेदवार सिफारिस गर्ने भएको छ । राजपा अध्यक्ष मण्डलको बैठकले आजै उम्मेदवार सिफारिस गर्ने नेता केशव झाले जानकारी दिनुभयो । राजपाले प्रदेश २ मा दुई/दुई जना सदस्य लिने बारेमा सत्तारुढ नेकपासँग सहमति गरेको छ । यसैबीच समाजवादी पार्टीको आज बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकले राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउने वरिष्ठ नेता अशोक राईले जानकारी दिनुभयो ।


ADVERTISEMENT


प्रदेश २ मा कंग्रेसले समाजवादीसंग सहकार्य गर्ने निर्णय गरेपछि सो तालमेललाई कसरी अघि बढाउने भन्नेबारेमा पनि छलफल हुने वरिष्ठ नेता राईले बताउनुभयो ।


ADVERTISEMENT

# # #