पप संगीतका दुई हस्ती गायकहरु नविन के भट्टराई तथा दीपेशकिशोर भट्टराई पहिलो पटक एउटै स्टेजमा प्रस्तुत हुने भएका छन् । फ्रेण्ड्स अफ लाजिम्पाटले आगामी शुक्रबार गते शुक्रवार काठमाडौंमा आयोजना गर्न लागेको ‘टु लिजेन्ड्स अन द स्टेजस् लाइभ इन कन्सर्ट’ शीर्षकको लाइभ कन्सर्टमा यी दुई गायकहरुले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्नेछन् ।


ADVERTISEMENT


लाजिम्पाटको नेपाली चुलोमा आयोजना हुने सो कन्सर्टमा दुबै गायकलाई ब्याकअप ब्याण्डले साथ दिनेछन् । गायक नविन के भट्टराईलाई उनकै ब्याकअप ब्याण्ड अतृप्तले बाद्य–वादनमा साथ दिनेछ भने गायक दीपेशकिशोर भट्टराईलाई लिजेण्ड ब्याण्डले साथ दिनेछ । यी दुबै गायकहरु यतिबेला लाइभ कन्सर्टको अभ्यासमा जुटेका छन् ।भिजिट नेपाल २०२० को प्रवर्द्धन समेत गरिने सोकन्सर्टमा दुबै गायकहरुले आफ्ना एक–एक दर्जनभन्दा बढि लोकप्रिय गीत–संगीत प्रस्तुत गर्नेछन् ।


ADVERTISEMENT

# # #