लामो अन्योलतापछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियुले केन्द्रीय कमिटीको भागबन्डा टुंगो लगाएको छ । ३३५ सदस्यीय केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको अनेरास्ववियुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT


बैठकले तत्कालीन एमाले समर्थित विद्यार्थी संगठनबाट १८० र तत्कालीन माओवादी समर्थित अखिल क्रान्तिकारीबाट सय १५५ जनाको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति विस्तार गरेको अनेरास्ववियूका आरसी लामिछानेले जानकारी दिनुभयो । त्यस्तै, केन्द्रीय कमिटीको सचिवालय १११ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । संगठनमा केन्द्रीय कमिटीका अतिरिक्त अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गरी ३ वटा केन्द्रीय निकाय पनि गठन हुने विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT

# # #