मुलुकको मौसममा आजदेखि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले हिजो पश्चिम भाग हुँदै मौसममा सुधार आउन थालेको बताउनुभयो ।


ADVERTISEMENT


पौडेलका अनुसार तराईको सबैजसो भागमा वर्षा रोकिएको छ भने पहाडी भागमा पनि आजदेखि मौसममा हिजोभन्दा सुधार हुने अनुमान गरिएको छ ।पश्चिम भाग हुँदै प्रवेश भएको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मौसममा बदलाव आएको थियो ।
शुक्रबार र शनिबार मुलुकका धेरै भागमा वर्षा भयो भने उच्च पहाडी र हिमाली भागमा भारी हिमपात भएको छ । काठमाडौं वरपरका डाँडामा पनि हिमपात भएको छ ।


ADVERTISEMENT

# # #