एजेन्सी । स्पेनिस ला लिगा फुटबलका पछिल्ला खेलमा रियल मड्रिड, भ्यालेन्सीया र एट्लेटिको मड्रिड विजयी भएका छन् । बार्सिलोना भने पुछारको टोली स्पोनियोलसँग २–२ को बराबरीमा रोकिएको छ ।


ADVERTISEMENT


गेटाफेलाई ३–० ले हराउादै रियल मड्रिडले शीर्ष स्थानको बार्सासँग अंक बराबरी गरेको छ । राफायल भरानेले २ तथा लुका मोड्रिकले एक गोल गर्दै रियललाई सहज जित दिलाए । पहिलो हाफमा १–० को अग्रता बनाएको रियलले दोस्रो हाफमा २ गोल थपेका थिए । १९ खेलबाट ४० अंक जोडेको रियल मड्रिड समान अंक भएपनि गोलअन्तरमा शीर्ष स्थानको बार्सिलोना भन्दा पछि परेको हो ।


ADVERTISEMENT

# # #


गएराती नै १० खेलाडीमा सिमित बनेको बार्सिलोना तालिकाको पुछारमा रहेको स्पानियोलसाग २–२ को बराबरीमा रोकिएको छ ।
लेभान्तेलाई २–१ ले हराएको एट्लेटिको मड्रिड ३५ अंकमा तालिकाको तेस्रो स्थानमा उक्लदा सिजनको आठौँ जित निकालेको भ्यालेन्सीया छैठौा स्थानमा पुगेको छ । भ्यालेन्सीयाले १९ औा चरणको खेलमा आईबरमाथि १–० को संर्घषपुर्ण जित निकाल्यो । १९ खेलबाट उसको ३१ अंक भएको छ ।