काठमाडौँ – न्याय परिषद् सदस्यमा सिफरिस भएका लक्ष्मीबहादुर खड्का निरालाविरुद्ध कुनै पनि उजुरी नपरेपछि संसदीय समितिमा सुनुवाई भइरहेको छ ।


ADVERTISEMENT


संसदीय सुनुवाई समितिको आजको बैठकमा निरालाविरुद्धको उजुरीमाथि सुनुवाई गर्ने तय भए पनि उनीविरुद्ध कुनै पनि उजुरी नपरेका सुनुवाई थालिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।


ADVERTISEMENT

# # #


निरालाविरुद्ध उजुरी दिनका लागि समितिले १० दिनको म्याद दिएको थियो । यही पुस ३ गते मन्त्रिपरिषद्को बैठकले निरालालाई परिषद् सदस्यका लागि सिफारिस गरेको थियो ।