काठमाडौं – कृषि विकास बैंकको क्रेडेन्सियल ह्याकिङ गरी रकम निकाली ठगी गरेको प्रकरणमा ह्याकिङ गरेको १ करोड रुपैयाँ सहित फरार रहेका एकजना पक्राउ परेका छन् ।


ADVERTISEMENT


शुक्रबार महानगरीय अपराध महाशाखाको टोलीले मोरङ रंगेली नगरपालिका–२ का ४३ वर्षीय दिपक नेपाललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार नेपालल नाइजेरियन र भारतीय नागरिकहरुसँग मिलेर नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट ५ अर्व रुपैयाँ (५० मिलियन डलर) भन्दा बढी रकम ह्याक गर्ने योजना रहेका थिए । त्यसै क्रममा उनले कृषि विकास बैंकबाट एक करोट रकम निकालेका थिए ।


ADVERTISEMENT

# # #


नेपाललाई आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालत पठाइएको उक्त महाशाखाले जनाएको छ ।