अष्ट्रेलियाको जंगल तथा झाडीमा लागेको डढेलो नियन्त्रणमा महिनौं लाग्नसक्ने प्रधानमन्त्री स्कट मोरिसनले बताउनुभएको छ । उहाँले आगलागीबाट घर तथा व्यवसाय नै गुमाउनेलाई सहयोगार्थ रिकभरी एजेन्सी गठन गर्ने घोषणा समेत गर्नुभएको छ । डढेलो नियन्त्रणमा तदारुकता नदेखाएको भन्दै मुलुकभित्रै तीब्र आलोचना खेपेका मोरिसनले प्रभावितलाई पूर्वाधार निर्माणदेखि मानसिक सहयोगसम्म उपलब्ध गराउन एजेन्सी नै गठन गर्ने र त्यसले २ बर्षसम्म काम गर्ने बताउनुभएको हो । गत सेप्टेम्बरदेखिको डढेलोमा परी हालसम्म २४ जनाले ज्यान गुमाइसकेका छन् ।


ADVERTISEMENT


भिक्टोरिया र न्यू साउथ वेल्समा तापक्रम केही घटेको, हावा कम भएको तथा सामान्य बर्षा भएकाले केही राहत भएको छ ।
यसैबीच, लगातारको डढेलोका कारण वातावरण प्रदुषित भएपछि अस्ट्रेलिया सरकारले मास्क वितरण शुरु गरेको छ । अस्ट्रेलियाको स्वास्थ्य मन्त्रालयद्धारा जारी बिज्ञप्तिमा ४ लाख ५३ हजार फेस मास्क प्रदान गरिएको उल्लेख छ ।


ADVERTISEMENT

# # #


अहिले राजधानी क्यानबेराको वायु १० गुणा बढीले प्रदुषित भएको छ भने न्यु साउथ वेल्स, भिक्टोरिया लगायतका केही क्षेत्रको वायु समेत प्रदुषित बनेको छ । गत सेप्टेम्बरदेखि शुरु भएको आगलागीले अहिलेसम्म १ करोड ४० लाख बढी हेक्टर क्षेत्रफल प्रभावित भइसकेको छ । जुन गत अगस्टमा ब्रजिलको अमेजन जंगलमा लागेको आगलागीले पुर्‍याएको क्षतीभन्दा दोब्बर हो ।