निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि हिजो मनोनयन दर्ता गराएका उम्मेद्वारविरुद्ध आज उजुरी दिन सकिने जनाएको छ । हिजो मनोनयन दर्ता गराएका उम्मेद्वारविरुद्ध उजुरी दिनका लागि आयोगले अपरान्ह ४ बजेसम्मको समय उपलब्ध गराएको हो ।


ADVERTISEMENT


निर्वाचनका लागि अयोग्य रहेको भए यस्ता उम्मेद्वारविरुद्ध स–प्रमाण सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । प्राप्त उजुरी माथि आयोगले भोलि जाँचबुझ गरी आवश्यक निर्णय गर्ने प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।


ADVERTISEMENT

# # #