संस्थापन पक्षलाई दबाब दिन भन्दै कांग्रेस संस्थापन इत्तर पक्षले आज जिल्ला सभापतिहरुको भेला आह्वृान गरेको छ । सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले गरेको एकलौटी निर्णयको चर्को बिरोध गर्दै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।


ADVERTISEMENT


सभापति देउवाले गत पौष ११ गते केन्द्रीय कार्यसमितीबाट गरेको निर्णय तथा विधानको नियम निलम्बन गर्दै गलत नजिर स्थापित गरेको भन्दै संस्थापन इतर पक्षले जिल्ला सभापतिहरुसँग छलफल गर्न लागेको हो । विहान ११ बजे पार्टी कार्यालयमा हुने बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिबाट भएका गल्ती तथा अबको रणनीतिका विषयमा जिल्ला सभापतिहरुसँग परामर्श गर्ने इत्तरपक्षले जनाएको छ ।


ADVERTISEMENT

# # #


बहुमतका आडमा महाधिबेशनको मिति जबरजस्दी लाद्न खोजेको पौडेल पक्षको आरोप छ । पौडेललाई महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला पक्षले पनि साथ दिएको छ ।