झापा – प्रहरीले १ हजार दरको २ थान नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–५ बस्ने ३४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका–४ बस्ने २५ वर्षीय किरण खवास रहेका छन् ।


ADVERTISEMENT


सोमबार दिउँसो बिर्तामोड नगरपालिका–५ मित्रनगरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।


ADVERTISEMENT

# # #


ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।