काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले केही दिनदेखि परिरहेको भीषण वर्षाका कारण तराई–मधेशलगायत देशका विभिन्न भागमा बाढी, डुबान, पहिराबाट भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।


ADVERTISEMENT


राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी बाढी र डुबान, पहिरामा बेपत्ता भएकाहरुको छिटो खोजी गर्न तथा पीडितको यथाशीघ्र उद्धार र तिनलाई राहत दिलाउनका लागि प्रभावकारी कदम चाल्नका साथै बाढीपहिराबाट विस्थापितका लागि सुरक्षित आवास, खाद्यान्न र स्वास्थ्योपचारको राम्रो प्रबन्ध गर्न विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT

# # #


बाढीपहिरो तथा डुबानबाट धेरै मानिसको मृत्यु भएको, बेपत्ता घाइते भएको, विस्थापित भएको तथा यातायात र हवाई क्षेत्र अवरुद्ध हुँदा लाखौँ नागरिकको जनजीवन प्रभावित भएको घटनाप्रति उनले दुःख व्यक्त गर्दै बाढीपहिरो तथा डुबानमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलिका साथ शोकाकूल परिवारजनमा समवेदना र उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।