संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहनुभएका उर्जा, जलसोत तथा सिंचाइमन्त्री वर्षमान पुन र अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच शुक्रबार भेटवार्ता भएको छ ।


ADVERTISEMENT


भेटमा मन्त्री पुनले सम्मेलनमा नेपाललाई आमन्त्रण गरेकामा महानिर्देशक क्यामेरालाई धन्यवाद दिँदै भविष्यमा नवीकरणीय उर्जाको विकासमा सहकार्यको प्रस्ताव गर्नुभयो । हाल नेपालमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा स्थिर सरकार र स्थिर नीति रहेको भन्दै उहाँले उर्जा क्षेत्रमा विदेशी लगानीका लागि उपयुक्त अवसर र वातावरण रहेको उल्लेख गर्नुभयो । मन्त्री पुनले नेपालको उर्जा क्षेत्रका लगानीका लागि अपिलसमेत गर्नुभयो ।


ADVERTISEMENT

# # #


नेपाल सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको स्मरण गराउँदै उहाँले त्यसको १० देखि १५ प्रतिशत योगदान सौर्य उर्जाको हुने उल्लखे गर्नुभयो । वर्षमा ३६० दिन घाम लाग्ने भएकाले नेपाल जलविद्युतसँगै सौर्य उर्जाका लागि पनि उपयुक्त स्थान भएको स्पष्ट गर्नुभयो । सरकारले सौर्य उर्जाको विकासका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र स्थापना गरेको र त्यसले संस्थागत रुपमा काम गरिरहेको उहाँको भनाइ थियो ।

भेटमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले नवीकरणीय उर्जा प्रयोगका लागि सहयकार्यको प्रस्ताव राख्नुभयो । नवीकरणीय उर्जाको बजार विस्तारका लागि लगानी सम्मेलनका लागि सहकार्य गर्न वैकल्पिक उर्जा र संघबीच सहकार्य गर्न सकिने बताउनुभयो ।
जवाफमा महानिर्देशक क्यामेराले नेपालले सौर्य उर्जाको विकासलाई उच्च प्राथमिकतामा राखेकामा सराहना गर्नुभयो । महत्वपूर्ण सदस्य राष्ट्रको हैसियतमा नेपाललाई भविष्यमा सौर्य उर्जा प्रवद्र्धनका लागि संघले प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।