काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले संघीय संसदको प्रतिनिधि सभाकी उम्मेदवार शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिएसम्म नेकपाबाट सभामुखका लागि उम्मेदवार चयन हुन नसक्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार प्रेस संगठन लमजुङले गरेको अन्तरक्रियामा बोल्दै प्रवक्ता श्रेष्ठले उपसभामुख तुम्बाहाङ्फेले राजीनामा नदिए नेकपाले सभामुख गुमाउन सक्ने भएकाले राजीनमा दिन आग्रह गरे । उनले संसदको ठूलो दल नेकपाले नै समामुख गुमाउने अवस्था सिर्जना हुँदासम्म राजीनामा नदिनु लोकतान्त्रिक मान्यता विपरित रहेको दाबी गरे ।


ADVERTISEMENT

# # #


‘उपसभामुख हाम्रो पार्टीको हुँदासम्म सभामुख हाम्रो पार्टीको उम्मेदवार बन्ने अवस्था रहँदैन। त्यस कोणबाट हामीले उपसभामुखलाई राजीनामा दिन अनुरोध गरेका हौँ।’ उनले भने, ‘सभामुख संसद्‍को सबैभन्दा ठूलो दल हाम्रो पार्टीले नपाउने स्थिति सिर्जना गर्नु पार्टीको हित चाहने र लोकतान्त्रिक मान्यता स्वीकार गर्ने पक्षका निम्ति हितकर कुरा होइन ।’

प्रवक्ता श्रेष्ठले राजीनामा दिएपछि नेकपाबाट सभामुखका लागि बलियो उम्मेदवार तुम्बाहाङ्फे हुने भएपनि पार्टीले यसबारे छलफल गर्ने बताए ।

उपसभामुख तुम्बाहाङ्फेले नेकपाले आफूलाई सभाममुखको उम्मेदवार बनाए मात्रै उपसभामुखबाट राजीनामा दिने अडान राख्दै आएकी छन् । सोमबार हिमालय पोष्टसँगको कुराकानीमा पनि राजीनामा दिन गरेको नेकपाको निर्देशन नमान्ने भन्दै ताकत भए संविधानमा टेकेर आफूलाई निकाल्न चेतावनी दिएकी थिइन् ।

नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा प्रतिनिधिसभाको बैठक पटकपटक स्थगित हुँदै आएको छ । प्रतिनिधिसभाको अर्को बैठक माघ ६ गते बोलाइएको छ ।

यो पनि :

मलाई सभामुखको उम्मेदवार नबनाएसम्म राजीनामा दिन्न, ताकत छ भने संविधानमा टेकेर निकालियोस् : उपसभामुख तुम्बाहाङ्फे (भिडियोसहित)