अमेरिका र चीनले महत्वपूर्ण व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । योसँगै दुई देशबीच १८ महिनादेखि चलिरहेको व्यापार युद्ध समाप्त उन्मुख भएको छ ।


ADVERTISEMENT


दुवै देशले सम्झौताको पहिलो चरणमा हस्ताक्षर गरेका हुन् । गत डिसेम्बरमा अमेरिका र चीन सरकारले व्यापार सम्झौताको दिशामा अघि बढ्ने निर्णय लिएका थिए ।


ADVERTISEMENT

# # #


सम्झौताको पहिलो चरणअन्तर्गत चीनबाट आयात हुने सामानमा लगाइएको केही नयाँ कर फिर्ता लिने घोषणा गरिएको छ र त्यसबापत चीनले अमेरिकासँग धेरै कृषि उत्पादन खरिद गर्नेछ ।

पहिलो चरणको सम्झौतामा हस्ताक्षरसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको दोस्रो चरणको वार्ता पनि छिट्टै सुरु हुने बताउनुभएको छ ।

पहिलो चरणको सम्झौता कार्यान्वयनमा आउने बित्तिकै फेरि यी दुई देश दोस्रो चरणको वार्तामा अघि बढ्ने बताइएको छ । छन् ।

ट्रम्पले यो सम्झौतालाई ऐतिहासिक भएको संज्ञा दिएका छन् ।