काठमाडौँ – झापाको कनकाई नगरपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


कनकाइ–३ बाट विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिहीबार सुरुङ्गाकै एक होटलमा बसेका मोरङ उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय नितेन कार्की र बिर्तामोड नगरपालिका–३ का ३९ वर्षीय राजनप्रसाद उप्रेतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीले उनीहरुको साथबाट ३५ ग्राम ब्राउन सुगर बरामद गरेको हो । पक्राउ परेका दुवै जना इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको छ ।