गायनमा आधारित रियालिट शो द भ्वाइस अफ नेपाल सिजन–२ का विजेता तथा फाइनलिस्टहरू सांगीतिक कार्यक्रम लिएर वल्र्ड टूर गर्ने भएका छन् ।
नेपाल भ्रमण वर्ष–२०२० को समेत प्रचार–प्रसार गर्ने उद्देश्यले भ्वाइसका विजेता राम लिम्बू तथा उपविजेताहरू सनिष श्रेष्ठ, अनु रानामगर तथा यनी यल्मोले वल्र्ड टुर गर्न लागेका हुन् ।


ADVERTISEMENT


उनीहरूले युरोपका विभिन्न देशका साथै बेलायत, क्यानडा तथा इजरायलमा आफ्नो प्रस्तुति दिनेछन् । उनीहरूको वल्र्ड टुर मार्च ३ देखि प्रारम्भ हुने आयोजक ब्ल्यू बर्ड इन्टरनेसनल इभेन्टका अध्यक्ष रोशन पराजुलीले बताएका छन् ।


ADVERTISEMENT

# # #