काठमाडौं ।
डिसहोमले एउटा विशेष च्यानल थप गरेको जनाएको छ । डिसहोमले राइम्स च्यानलमार्फत भोलिको कर्णधारहरुको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको जनाएको छ ।


ADVERTISEMENT


यो २ देखि १२ बर्षसम्मका बच्चाहरुको लागि अत्यन्तै अन्र्तक्रियात्मक च्यानल भएको डिसहोमले जनाएको छ । च्यानल नं ८०९ मा यो च्यानल हेर्न सकिनेछ ।


ADVERTISEMENT

# # #


यो च्यानलले बच्चाहरुको लागि एउटा पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुदृढ बनाउन मद्दत गर्ने डिसहोमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।