काठमाडौं ।
सहिद स्मारक ए डिभिजन लिगमा आज (आईतबार) दुई खेल हुँदैछ । पहिलो खेलमा न्युरोड टिम एनआरटी र एपीएफ तथा दोस्रो खेलमा फ्रेन्ड्स र सरस्वतीबीच प्रतिस्पर्धा हुँदैछ ।


ADVERTISEMENT


एनआरटी र एपीएफबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स हुनेछ । खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।दोस्रो खेलमा फ्रेन्ड्स र सरस्वती दशरथ रंगशालामा भिड्नेछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।


ADVERTISEMENT

# # #


सातौ र आठौँ चरणका सबै खेल दशरथ रंगशालामा हुने बताएपनि बिहीबार र शुक्रबार भारी बर्षाका कारण खेल एन्फा कम्प्लेक्समा सारिएको हो ।आइतबारको खेलमा न्युरोड टिम एनआरटीविरुद्ध मैदान उत्रँदा एपीएफ दोस्रो जितको खोजीमा हुनेछ ।

एपीएफले १ खेलमा जित, ३ खेलमा हार र २ मा बराबरी गरेको छ । एनआरटी भने चौथो जित निकाल्न चाहन्छ । उसले ३ खेलमा जित, २ मा हार र १ मा बराबरी गरेको छ ।एनआरटीविरुद्ध जित निकाले एपीएफ रेलिगेशन जोनको डरबाट माथि उक्लिएर शीर्ष ८ भित्र छिर्नेछ । जितले एनआरटीलाई शीर्ष ६ भित्र पार्नेछ । एनआरटीले पहिलो पटक साउथ एसियन कोटाबाट एक भारतीय खेलाडीलाई मैदान उतार्ने तयारी गरेको छ ।

यता, युवा खेलाडी प्रेरित एपीएफ भने एनआरटीलाई पराजित गर्दै लिग तालिकामा सुधार गर्न चाहन्छ । अन्तिम खेलमा नाम चलेका खेलाडीलाई बेन्चमा राखेका तामाङले च्यासललाई गोलरहित बराबरीमा रोक्न सफल भएका थियो । दोहोरो पहिलो कार्डका कारण अघिल्लो खेल गुमाएका भरपर्दा फरवार्ड आशिष लामा आईतबारको खेलमा  हुनेछन् ।

 

अखिल नेपाल फुटबल संघ एन्फाले जम्मा एक टिममात्रै रेलिगेशनमा पर्ने नियम बनाएको छ ।लिगको रेलिगेशन क्षेत्रको नजिकै रहेका क्लब हुन्, सरस्वती युथ र फ्रेण्डस् क्लब । अंक दुरी खासै फरक नहुँदा दुवै टिम रेलिगेशनको नजिक छन् । लिगका ६ चरणका खेल समाप्त भैसकेका छन् । रेलिगेशनमा पर्ने टिमका बारेमा बोल्न केही समय कुर्नुपर्ने हुन सक्छ ।

रेलिगेशन जोनको नजिक रहेका फ्रेण्ड्स र सरस्वती आईतबारको सातौ चरणको खेलमा आमने सामुने हुँदैछन् ।