काठमाडौं ।


ADVERTISEMENT


सभामुख उम्मेदवारमा सहमति कायम गर्न सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल  पुनः छलफलमा जुटेका छन् । नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेका कारण प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुरु भएको एक महिना पुग्दा पनि संसदको नियमित कारवाही अघि बढ्न सकेको छैन । यसबीचमा पटक–पटक सूचना टाँसेर बैठक स्थगित हुँदै आएको छ ।


ADVERTISEMENT

# # #


नेकपाका दुवै अध्यक्षले सभामुखमा आ–आफ्ना पूर्वसमूहका नेताको नाम अघि सारेका छन् । प्रधानमन्त्रीले सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने दाहालले अग्नि सापकोटा लगायतका नेताको नाम अघि सारेका छन् ।

नेकपाको केन्द्रीय सचिवालयका ९ जना नेतामध्ये प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सभामुख उम्मेवार प्रचण्डले प्रस्ताव गर्न पाउनुपर्ने पक्षमा रहेको दाहाल निकट स्रोतले जनाएको छ । दुवै नेताबीच सहमतिमै नाम तय गरेर सचिवालयमा ल्याउन अन्य नेताले सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्दैछ । बैठकअघि नै नेकपाले सभामुखको उम्मेदवार तय गर्ने नेताहरुले बताएका छन् ।