बुटवल ।


ADVERTISEMENT


प्रदेश ५ को हिउँदे अधिवेशन आजबाट सुरु हुने भएको छ ।मुख्यमन्त्री शंकर पोखरेलको सिफारिस र प्रदेश प्रमुख धर्मनाथ यादवको आह्वानमा आजबाट हिउँदे अधिवेशन बोलाइएको प्रदेश ५ प्रदेशसभा सचिवालयले जनाएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।


ADVERTISEMENT

# # #


आइतबार आह्वान गरिएको हिउँदे अधिवेशनको पहिलो दिन शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । ७ प्रदेशमध्ये ४ वटाले नाम र राजधानी टुंगो लगाइसकेका छन् । तर प्रदेश १ र २ सँगै ५ ले अझै नाम र स्थायी राजधानी टुंग्याउन सकेको छैन ।

हिउँदे अधिवेशनले प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउने प्रदेश ५ सरकारका प्रवक्ता एंव भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताउनुभयो ।