सिन्धुपाल्चोक-


ADVERTISEMENT


जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रविसे नगरपालिकामा कर्फ्यु लगाएको छ ।


ADVERTISEMENT

# # #


नगरपालिकाले वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काइदिएको थियो । त्यसपछि आक्रोशित बनेका सडक अतिक्रमणकारीहरुले बजार क्षेत्रमा नारा जुलुस गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका थिए ।

अर्को व्यवस्था नभएसम्म आज (आइतबार) देखि विहान ८ बजेबाट बेलुकी ५ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले बताउनुभयो ।