एजेन्सी – भारतीय टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनी सन् २०२१ मा पनि चेन्नाई सुपर किंग्समै रहने फ्रेन्चाज मालिक एस श्रीनिभासनले बताएका छन् ।


ADVERTISEMENT


भर्खरै भारतीय क्रिकेट बोर्ड बीसीसीआईले धोनीलाई सेन्ट्रल कन्ट्रयाक्टबाट हटाएपछि अब उनको भारतीय टिममा भविष्य के हुने भन्ने बहस चलेको छ । तर धोनीले यस वर्ष चेन्नाईबाट आईपीएलबाट खेल्नेछन् ।


ADVERTISEMENT

# # #


‘मानिसहरु धोनीले कहिले सन्यास लिने, कति समय खल्नेछन् जस्ता कुराहरु गरिराछन्,’ श्रीनिवासले भने, ‘म निश्चित गराउन चाहन्छु, उनले खेल्नेछन् । वर्ष उनले खेल्नेछन् । अर्को वर्ष अक्सनमा जान्छन् र उनी रिटेन हुनेछन् ।’

३८ वर्षीय धोनीले २०१९ मा एकदिवसीय विश्वकप खेलेयता भारतका लागि खेलेका छैनन् । धोनीले सन् २००७ मा आफ्नै कप्तानीमा टी–२० विश्वकप जिताएका थिए । यस्त २०११ मा एकदिवसीय विश्वकप जिताएका थिए । २०१३ मा भारतलाई च्याम्पियनसि ट्रफीको उपाधि समेत जिताए ।

धोनीले सन् २००८ मा पहिलो संस्करणदेखि नै चेन्नाईको कप्तानी गर्दै आएका छन् । तर स्पट फिक्सिङ काण्डका कारण २०१६ र २०१७ मा चेन्नाई निलम्बनमा परेको थियो । धोनीको कप्तानीमा चेन्नाईले तीन पटक आईपीएलको उपाधि जित्दा पाँच पटक फाइनलमा हारेको थियो ।

यस्तै २०१० र २०१४ मा टी २० च्याम्पियन्स लिगको उपाधि समेत जितेको थियो ।