डडेल्धुरा – अमरगढी नगरपालिका–६ को भालुमारेमा आज बिहानदेखि पहिराका कारण अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै स्काभेटरको सहायतामा अवरुद्ध बनेको राजमार्गको पहिरो सफा गरेर यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


आज बिहानदेखि नै पहिराका कारण दशरथचन्द राजमार्गमा अवरुद्ध भएको थियो । सडकमा पहिरोसँगै रुख ढलेपछि दशरथचन्द राजमार्गमा यातायात सेवा अवरुद्ध वनेको थियो । पहिरो हटाइएपछि बैतडी, बझाङ र दार्चुलाबाट आउने तथा जाने सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।