विराटनगर – ‘स्वस्थ जीवन प्रवद्र्धनका लागि धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन’ अभियान आज यहाँबाट शुरु भएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले शुरु गरेको सो अभियानले ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ भन्ने प्रमुख सन्देश दिएको छ ।


ADVERTISEMENT


समाजिक विकासमन्त्री जीवन घिमिरेले धुम्रपानले समाजलाई नकारात्मक बाटोतर्फ धकल्ने गरेको बताउँदै यसको बिक्रीमा रोक लगाउनुपर्ने बताए । सबैको साथ र सहयोगको अपेक्षा गर्दै मन्त्री घिमिरेले आउने वर्षमा प्रदेश नं १ लाई धुम्रपानमुक्त घोषण गर्ने जानकारी गराए ।


ADVERTISEMENT

# # #


विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सुर्तीजन्य पदार्थ बेचबिखनदेखि उत्पादनसम्ममा रोक लगाउन सकेमात्र यो अभियान सफल हुने बताए । विद्यालय, कलेज जस्ता संवेदनशील ठाउँ वरपरमा यस्ता सामानमा बिक्री गर्न रोक लगाउनाका साथै बिक्री–वितरण गर्नेलाई कानूनअनुसार सजाय दिन सकेमा समाज स्वच्छ हुने धारणा सो अवसरमा सहभागीले व्यक्त गरेका थिए ।