काठमाडौं – नेकपाका सांसद अग्नी सापकोटाले प्रतिनिधि सभाको सभामुख पदको लागि मनोनयन दर्ता गराएका छन् । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रस्तावक र समर्थकमा सांसदहरु ओनसरी घर्ती, देव गुरुङ र राजपा नेपालबाट निर्वाचित सांसद लक्ष्मणलाल कर्ण रहेका छन् ।


ADVERTISEMENT


संघीय संसद सचिवालयले मनोनयन दत्र्ताका लागि बिहान ११ बजेदेखि दुई बजेसम्म समय निर्धारण गरेको छ । सांसद सापकोटा मनोनयन दत्र्ताका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, संघीय संसद भवन, ल्होत्से हल पुगेका थिए ।


ADVERTISEMENT

# # #


संघीय संसद सचिवालयले सोमबार निर्वाचन तालिका सार्वजनिक गर्दै मङ्गलबार मनोनयन दर्ताको समय निर्धारण गरेको थियो । तालिका बमोजिम आजै अपरान्ह २ बजेर ३० मिनेटपछि उम्मेदवारीको सूचनाको दत्र्ता क्रम अनुसार सूची प्रकाशन गरिनेछ ।

सभामुखका निर्वाचनका लागि प्रतिनिधिसभाको आइतबार तीन बजे बस्ने बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् प्रस्ताव निर्णयार्थ पेश हुने संसद सचिवालयले जनाएको छ ।