काठमाडौं। ७२ औं भारतीय सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले एक कार्यक्रमको आयोजना गरेको छ ।


ADVERTISEMENT


भारतीय सेनाका मानार्थ महारथी तथा सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत डा. अजय कुमारले भारतीय सेना राष्ट्र निर्माणको सुरक्षा कवचको रुपमा रहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले दुई देशलाई जोड्ने नेपाली गोर्खा सैनिकको अटुट सम्बन्धको चर्चा गर्दै उनीहरुको निःस्वार्थ सेवाभाव तथा त्यागप्रति कृतज्ञता व्यक्त गरे । उनले अवकाश प्राप्त पेन्सनवाला भारतीय सैनिक र नेपालमा बसोबास गरिरहेका उनीहरुका परिवारको सेवाका साथै स्वास्थ्य तथा सुविधाको हेरचाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रधानसेनापति थापाले दुई देशका सेनाबीच रहेको उत्कृष्ट सम्बन्ध र सहकार्य नेपाल–भारतबीच रहेको सुमधुर सम्बन्धको उदाहरण रहेको बताएका छन् ।

नेपाली सेनाका प्रधानसेनापति र भारतीय राजदूतावासका कार्यवाहक राजदूतद्धारा भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकहरुलाई सम्मान समेत गरिएको छ ।

सो समारोहमा नेपाली सेनाका अधिकारी, विभिन्न राजदूतावासका सैनिक सहचारी, सरकारी र नागरिक उच्च–पदाधिकारी तथा भारतीय राजदूतावासका अधिकारीहरु उपस्थित थिए ।