काठमाडौँ – आईएमएस ग्रुप लिनियरफ्लुक्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता बनेको छन् । लिनियरफ्लुक्स एक किसिमको एयरफोनको ब्रान्ड हो । जसले वायरलेस, हाइपर डेफिनिसन र अडियोको अनुभव दिन्छ ।


ADVERTISEMENT


लिनियरफ्लुक्सलाई डा. डेयर र मोन्स्तर प्रोडक्टका ईन्जिनियरहरूले बनाएका हुन् । निरन्तर २ वर्षको अनुसन्धान र प्रविधि विकास पछि अमेरिकन ब्रान्ड लिनियरफ्लुक्स आधिकारिक रुपमा लन्च भएको हो । यसमा भएको ‘डीएल०१ इमर्सिभ’ ध्वनि इन्जिनको विशेस्ताले संगीतको स्पष्टता बढाउंछ र बेसको लागि उपयुक्त रहेको छ ।


ADVERTISEMENT

# # #


पानी प्रतिरोधी रहेको यो एयरफोनमा कुनै पनि रिचार्जेबल केबुलहरू आवश्यक पर्दैन । यो एयरफोन लेडी गागा, डा. ड्रे, पफ ड्याड्डी, ब्ल्याक आइड पिच लगायत सांगितिक क्षेत्रका हस्तीहरुबाट समेत परीक्षण गरिएको कम्पनीको दाबी छ ।

के छन् विशेषता ?

  • वायरलेस चार्जिङ्ग,
  • वाटरप्रुफ आइपीएक्स एण्ड रेटेड,
  • आकर्षित एचडी साउन्ड,
  • २० घण्टाभन्दा बढी समयसम्म लगातार चलाउन मिल्ने,
  • एप्पलको सिरि र एन्ड्रोइड एसिस्टेन्तको सहयाताले समेत काम गर्ने ,
  • ५ मिनेट चार्ज गर्दा एक घण्टा चलाउन मिल्ने,
  • प्यासिभ न्वाइज क्यान्सिलेसन,
  • अल्ट्रा लाइटवेट ।

लिनियरफ्लुक्सका उत्पादनहरु हाल स्मार्ट डोकोमार्फत उपलब्ध गराएको कम्पनीले जनाएको छ । यस्तै आइएमएस लिटिल स्माइल स्वरुम सिटि सेन्टर र आइएमएस स्मार्ट स्वरुम ताम्राकार कम्प्लेक्समा समेत उक्त उत्पादन उपलब्ध रहेका छन् ।