काठमाडौँ, फागुन १९ । सत्तारुढ दल राप्रपाको जारी केन्द्रिय समितिको बैठकमा पार्टीको चुनाव चिन्ह हलो राख्ने कि गाई राख्ने भन्नेबारेमा विवाद देखिएको छ।


ADVERTISEMENT


राप्रापाको बिहीबार जारी केन्द्रीय समिति बैठकमा पनि चुनाव चिन्हलाई लिएर मतभेद देखिएको छ। बैठकमा राप्रपा नेताहरु लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर जबरा लगायतका नेताहरुले चुनाव चिन्ह हलो नै राख्नुपर्ने अडान लिएका छन्। तर पार्टीभित्र ९९ प्रतिशतले पार्टीको चिन्ह गाई नै राख्नुपर्ने माँग रहेको प्रमुख सचेतक दिलनाथ गिरीले जानकारी दिए।


ADVERTISEMENT

# # #


सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ। आगामी ०७४ बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति तय भैसकेको छ। निर्वाचन घोषणा भईसकेको अवस्थामा अब चुनाव चिन्हको टुंगो लगाईहाल्नुपर्ने भएकाले बैठक बढि त्यसमा केन्द्रित भएको छ।

त्यस्तै आजको बैठकमा अध्यक्ष कमल थापाले संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी नरहेको बताउँदै पार्टीले मध्यमार्गी बाटो लिनेबारे जानकारी दिएका थिए।