काठमाडौँ – डीएचटी सेवा प्रदायक कम्पनी डिसहोमले ‘राइम्स’ नामक नयाँ टेलिभिजन च्यानल सुरुवात गरेको छ । मनोरञ्जन, खेलकुद लगायतका च्यानलबाट दर्शकलाई श्रव्यदृश्य सामग्री प्रदान गर्दै आएको डिसहोमले उक्त च्यानल सञ्चालन गरेको हो ।


ADVERTISEMENT


उक्त च्यानल २ देखि १२ बर्षसम्मका बच्चाहरुको लागि अत्यन्तै अन्तरक्रियात्मक रहने डिसहोमले जनाएको छ । उक्त च्यानलमार्फत बालबालिकाहरुका लागि रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पार्ने डिसहोमको दाबी छ । च्यानल ‘राइम्स’ च्यानल नं. ८०९ मा हेर्न सकिनेछ ।


ADVERTISEMENT

# # #


च्यानलले बच्चाहरुको लागि एउटा पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुदृढ बनाउन मद्दत गर्नेछ ।