काठमाडौँ – एनआईसी एशिया बैँकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गत डिसेम्बर १ देखि १० सम्म नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का विजेतालाई नगद सहयोग गरेको छ ।


ADVERTISEMENT


बैँकले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका तर्फबाट १३ औँ सागमा सहभागी भई विभिन्न विधामा पदक जितेका खेलाडीलाई सहयोगस्वरुप ९ लाख ९५ हजार रुपैयाँ प्रदान गरेको हो । उक्त सहयोग स्वरुपको चेक एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले एपीएफक्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसी राम दाहाललाई हस्तान्तरण गरेका छन्। कार्यक्रममा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको समेत सहभागिता रहेको थियो ।


ADVERTISEMENT

# # #


बैँकले देशभर ३१३ शाखा कार्यालयहरु, ४३० एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।