काठमाडौँ – नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानले अष्ट्रेलियामा जारी बिगबास लिग (बीबीएल) बीचैमा छाडेर स्वदेश फर्किएका छन् । उनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को प्रतियोगिता ओडीआई लिग अन्तगर्त काठमाडौँमा हुने अमेरिका र ओमानविरुद्धको त्रिकोणत्मक सिरिजका लागि स्वदेश फर्किका हुन् ।


ADVERTISEMENT


यस सिजनको बीबीएलका लागि मेलबर्न स्टार्समा पूरै सिजनका लागि आवद्ध भएका सन्दीप राष्ट्रिय जिम्मेवारी पूरा गर्न प्रतियोगिता बीचैमा छाडेर नेपाल फर्किएका हुन् । आइतबार अष्ट्रेलियाबाट उडेका उनी सोमबारमात्रै काठमाडौँ आइपुग्नेछन् ।


ADVERTISEMENT

# # #


सन्दीपको टिम मेलबर्न यसअघि नै प्लेअफमा पुगिसकेको छ । सन्दीपले बीबीएलमा खेलेका १३ खेलमा १५ विकेट लिएका थिए । नेपाल आएसँगै सन्दीपले बीबीएलका बाँकी सबै खेल गुमाउनेछन् । गर्त वर्ष बीबीएलको फाइनलमा मेलबर्न रेनेगेट्ससँग पराजित भएको मेलबर्न स्टार्स यस पटक पनि उपाधी दाबेदार थियो । तर, सन्दीप लगायत टिमका महत्वपूर्ण बलर उपलब्ध नहुने भएपछि मेलबर्न कमजोर बन्ने देखिएको छ ।

यस सिजनमा उत्कृष्ट प्रदर्शन गरेका पाकिस्तानका ह्यारिस रर्फ पनि बंगलादेशविरुद्धको टी-२० सिरिजका लागि पाकिस्तान गइसकेका छन् । उनी आउने पनि निश्चत छैन । यस्तै दक्षिण अफ्रिकाका तीव्र गतिका बलर डेल स्टिन पनि राष्ट्रिय दायित्वका लागि स्वदेश गइसकेका छन् ।  मेलबर्नका प्रशिक्षक डेभिड हसीले राष्ट्रिय टिममा बोलाउँदा खुसी लागेको तर टिमले एउटा उत्कृष्ट खेलाडी गुमाउँदा दुःख लागेको प्रतिक्रिया दिएका छन् ।

नेपालले माघ २२ बाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिका र ओमानसँग सिरिज खेल्दैछ ।