काठमाडौं – श्रीलंकाली खेलाडी उपल थरंगाले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । उनलाई साविक विजेता ललितपुर प्याट्रिओट्सले अनुबन्ध गरेको हो ।


ADVERTISEMENT


विकेट किपरसमेत रहेका ३५ वर्षीय देब्रे हाते ब्याट्सम्यान थरंगाले श्रीलंकाको लागि ३१ टेष्ट, २८५ ओडीआई र २६ टी-२०आई खेलेका छन् । ईपीएल २०२० मा ललितपुबाट खेल्न पाउँदा आफू सम्मानित भएको थरंगाले बताएका छन् ।


ADVERTISEMENT

# # #


थरंगाले नेपालको क्रिकेट कल्चर विकास हुँदै गएको र त्यसको एक हिस्सा बन्न पाउँदा खुशी लागेको बताए । यस्तै ललितपुरका मालिक किशोर महर्जनले थरंगाको आगमनले टिम सन्तुलित हुने बताए । युवा खेलाडीले ड्रेसिङमा रुममा उनीसँग अनुभव साझेदार गर्ने अवसर पाउने भएकाले सहयोग मिल्ने उनले बताए ।

थरंगा ओडीआई क्रिकेटमा ७ भन्दा बढी २०० रनको साझेदारी गर्ने दुई खेलाडीमध्ये एक हुन् । यस्तो सफलता रिकी पोन्टिङले पनि प्राप्त गरेका छन् । ललितपुरको कप्तानी राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन् ।