एजेन्सी –
इंग्ल्यान्डले घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको चार खेलको टेष्ट सिरिज जितेको छ । सोमबार जोहन्सवर्गमा भएको चौथो तथा अन्तिम टेष्टमा १ सय ९१ रनको जित निकाल्दै इंग्ल्यान्डले सिरिज ३–१ ले जितेको हो ।इंग्ल्यान्डले दिएको ४ सय ६६ रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको दक्षिण अफ्रिका २ सय ७४ रन जोड्दा अलआउट भयो ।


ADVERTISEMENT


दक्षिण अफ्रिकाका लागि भान डेर डुसेनले सर्वाधिक ९८ रनको इनिङ्स खेले । यस्तै क्विनटन डी ककले ३९ रन जोड्दा कप्तान फाप डु प्लेसिसले ३५ रन बनाए । इंग्ल्यान्डका बेन स्टोक्सले ४ विकेट लिए । यस्तै मार्क वुड र क्रिस वोक्सले ३३ विकेट लिए ।


ADVERTISEMENT

# # #


यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा ४ सय रन जोड्दा अलआउट भएको थियो । तर, दक्षिण अफ्रिका पहिलो इनिङ्समा १ सय ८३ रन जोड्दा अलआउट भएको थियो । दोस्रो इनिङ्समा २ सय ४८ रन जोड्दा इंग्ल्यान्ड अलआउट भएपछि दक्षिण अफ्रिकाले ४ सय ६६ रनको उच्च लक्ष्य पाएको थियो ।