– सन्तोष कोईराला, डेपुटी सीईओ, माछापुच्छ्रे बैंक लिमिटेड


ADVERTISEMENT


माछापुच्छ्रे बैंक कुन रफ्तारमा अघि बढि रहेको छ ?


ADVERTISEMENT

# # #


माछापुच्छ्रे बैंक फरक अनुभव, पृष्ठभूमी र उतारचढावहरु बाट यहाँसम्म आइपुगेको छ । हामी यो बैंकलाई ‘अर्गानिक ग्रोथ’बाट नै देशका हरेक क्षेत्र तथा दूरदराजसम्म पुगी आम सर्वसाधारणलाई सहज बैंकिङ पहुँच दिन लागी परेका छौँ। साथै बैंकलाई पूँजी, पोर्टफोलीयो तथा सञ्जालका हिसाबले ठूलो बनाउँदै हाम्रा शेयरधनीहरुलाई समय सापेक्ष उचित प्रतिफल दिने दिशामा अघि बढिरहेका छौं।

पछिल्लो एक वर्षमा मात्रै हामीले ६२ वटा भन्दा बढी शाखाहरु विभिन्न स्थानीय तहहरुमा सञ्चालनमा ल्याईसकेका छौं भने अब तत्कालै १६ नयाँ थप शाखाहरु काठमाडौं उपत्यकाभित्र सञ्चालनमा ल्याउने क्रममा छौं। यही वर्ष ३ अर्ब बराबरको डिवेन्चर जारी गरी हाम्रो पूँजीकोषलाई थप बलियो बनायौं भने १ अर्ब बराबरको वैदेशिक ऋण लिने क्रममा रहेको छौं । यो ६ महिनाको अवधिमा नै १२.४१ अर्ब को कर्जा १२.२५ अर्ब निक्षेप तथा ३ अर्ब डिवेन्चर गरी जारी २७ अर्बको कुल व्यवसाय वृद्धि गर्न सफल पनि भएका छौँ ।

यी व्यावसायिक रफ्तारका साथसाथै हामी सामाजिक उत्तरदायित्व, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, अनुपालनाका पक्षहरुमा पनि उतिकै सजक र प्रतिवद्ध छौं।

आन्तरिक र बाह्य जोखिम व्यवस्थापन, नियमक निकायबाट जारी गरिएको एएमएल/सीएफटी लगायत आवश्यक संरचना निर्माणमा ध्यान दिएका छौं। यसका साथै लगानीलाई पनि विभाजन गर्दै प्राथमिकता प्राप्त क्षेत्र तथा विपन्न वर्ग कर्जामा पनि हाम्रो बैंकको लगानी नेपाल राष्ट्र बैंकको न्यूनत्तम व्यवस्था भन्दा बढी गरेका छौं ।

अहिले बैंकका अर्जुनदृष्टिहरु के के रहेका छन् ?

हामी सेवा दिने व्यवसायमा छौं । तसर्थ हाम्रो कार्ययोजना कसरी सरल, सहज र छिटो छरितो ढंगबाट आम सर्वसाधारणलाई सेवा दिन सकिन्छ भन्ने नै हाम्रो मूख्य अर्जुनदृष्टि हो। त्यसका लागि हामीले विगत देखि यो आर्थिक वर्षसम्ममा डिजिटल प्रविधि तथा सञ्चालन चुस्तताको लागि धेरै खर्च गरेका छौं।

आन्तरिक र बाह्य जोखिम व्यवस्थापन, नियमक निकायबाट जारी गरिएको एएमएल/सीएफटी लगायत आवश्यक संरचना निर्माणमा ध्यान दिएका छौं। यसका साथै लगानीलाई पनि विभाजन गर्दै प्राथमिकता प्राप्त क्षेत्र तथा विपन्न वर्ग कर्जामा पनि हाम्रो बैंकको लगानी नेपाल राष्ट्र बैंकको न्यूनत्तम व्यवस्था भन्दा बढी गरेका छौं ।

यसका अलावा बैंकलाई बढी नाफामुखी भन्दा पनि रणनीतिक हिसाबले बैंकको दिर्घकालीन आयमहरुमा फोकस गरी जोखिम सम्पत्ति (रिस्क एस्सेट) को गुणस्तर, ‘ब्यासेल-III’ को ‘प्यारामिटर’लाई ध्यान दिँदै प्राथमिक पूँजी र पूरक पूँजीको प्रयाप्त व्यवस्थापन, तरलता व्यवस्थापन, सम्पत्ति तथा दायित्व को व्यवस्थापन लगायतका क्षेत्रहरुमा पनि निरन्तर ठोस योजना लिएर अगाडि बढेका छौं।

ग्राहकहरुलाई आकर्षण गर्न सेवा सुविधा र स्किमहरुमा बैंकहरुको प्रतिस्पर्धा चलिरहेको छ । तपाईंको बैंकका आकर्षणहरु के-के रहेका छन् ग्राहकहरुका लागि ?

बैंकका प्रतिस्पर्धी सेवा सुविधाहरु उस्तैउस्तै जस्तो देखिएपनि हामी अरु बैंकभन्दा फरक भनेको ग्राहकहरुलाई दिने सेवा हो । ग्राहकहरुले सहज र सरल ढंगबाट माछापुच्छ्रे बैंकबाट सेवासुविधाहरु पाउनुहुन्छ । चाँडै तथा छिटो छरितो ढंगबाट सेवा सुविधाहरु दिन्छौं।

साथै हाम्रो विभिन्न निक्षेप तथा कर्जाका प्रोडक्टहरु छन्, उच्च व्याजदर र विमा सुविधा सहितको स्मार्ट बचत खाता छ भने शैक्षिक कर्जाको लागि छुट्टै ‘एजुकेशन हब’ भनेर पुतलीसडकमा एउटा सेन्टर राखेका छौं । हाम्रा धेरै सुविधासहितको मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, इन्स्टा पे लगायतका प्रविधिसँग सम्बन्धित सुविधाहरु छन्।

बैंकको नाफा, शाखा विस्तारका विषयमा बताईदिनुस् न ?

पछिल्लो समय नेपाल सरकारले स्थानीय तहसम्म राज्यका संरचनाहरुलाई गतिशील बनाउने योजना अनुरुप हामी पनि देशका विभिन्न स्थान हरुमा बैंकका शाखा सञ्जाललाई विस्तार गर्ने कार्यलाई अघि बढाउँदै करिब एक वर्ष भित्र हामी ६२ शाखा हरु विस्तार गरी ८६ शाखा बाट १४८ शाखा सन्जाल पुर्याएका छौँ ।

शाखा विस्तारमा जाँदा सामान्यतया विस्तार गरेको वर्षमा नाफामा प्रभाव पर्ने हुन्छ । यद्दपी यति धैरै विस्तारका बाबजुत पनि यस अघिका वर्षको तुलनामा नाफा वृद्वि नै गरेका छौँ र हाम्रा लागानीकर्ताहरुलाई परिस्थिती सुहाउँदो उचित प्रतिफल दिन प्रतिवद्ध छौँ।

हामीले ग्राहकलाई गुणस्तरीय बैकिङ्ग सेवा प्रदान मात्रै गरेका छैनौँ, विकास र समृद्धिको योजनामा सरकारलाई समेत सघाइरहेका छौँ ।

बैंकका चुनौतिहरु के के देख्नुहुन्छ ? आईटीको पक्षलाई बलियो बनाउन तपाईंहरुको तयारी के छ ?

हामी पछिल्ला केही वर्षदेखि तरलता तथा लगानीयोग्य कर्जाको अभावको चुनौतीबाट गुज्रेका थियौं। अहिले आर्थिक सूचकहरु जस्तै बीओपी, व्यापार घाटामा आएको सुधारसँगै त्यो समस्या देखिएको छैन। यद्यपी, नियमक निकायबाट आएका नीतिगत व्यवस्थाहरुले बैंकको नाफामा दबाब परेको छ भने अनुपालन र जोखिम व्यवस्थापन खर्चहरु बढेर गएका छन।

साथसाथै पछिल्लो आर्थिक वर्षमा सबै स्थानीय तहमा शाखा सञ्जाल, नयाँ कर्मचारीहरुको नियुक्ति तथा डिजिटल संरचनामा कहिले एटीएम चोरी तथा स्वीफ्ट ह्याकले बैंककिङ क्षेत्रमा सञ्चालन जोखिमको चुनौती त थपेको छ तर हाम्रो सन्दर्भमा हेर्दा हाम्रो आन्तरिक नियन्त्रण प्रणाली चुस्त भएकोले ठूलो जोखिम निम्तिन पाएको छैन।

हाम्रो आइटी (सूचना प्रविधि)लाई अझ मजबुत बनाउन यसै आर्थिक वर्षमा यसको स्तरोन्नति गर्ने योजना छ । साथै अन्य डिजिटल प्रविधिहरुमा पनि सुधार ल्यायका छौं ।

विकास र समृद्धिको अभियानमा यस बैंकले कसरी सहकार्य र भूमिका निभाउन सक्छ ?

मैले अघि नै भनेँ नेपाल सरकारको जुन विकास र समृद्धिको योजना छ, त्यस अनुरुप हामीले विकट भन्दा विकट स्थानीय तहहरुमा, जहाँ वर्षमा ६-७ महिना हिँउ पर्ने ठाँउ छ । त्यहाँ हेलिकप्टरबाट सामान लगेर बडो जोखिमका साथ शाखाहरु संचालन गरेका छौं। हामीले विभिन्न १७ वटा दुर्गम क्षेत्रमा शाखा खोलेका छौं र तिमध्ये कतिपय शाखाहरु अहिलेसम्म घाटामा नै चलेका छन्।

साथै नेपाल राष्ट्र बैंकको निर्देशिका अनुरुप हामीले उर्जा, पर्यटन तथा कृषि लगायतका प्राथमिकता प्राप्त क्षेत्रमा २० अर्ब अर्थात कुल कर्जाका २६ प्रतिशत कर्जा लगानी गरेका छौँ भने एउटा छुट्टै विपिन्न वर्ग कर्जा हेर्ने एकाई निर्माण गरी विपन्न समुदायलाई टेवा पुग्ने हिसाबले रु ४.३० अर्ब कर्जा अर्थात कुल कर्जाको ५.५ प्रतिशत लगानी गरेका छौं ।

गएको वर्ष हामीले अग्रिम करको रुपमा रु १.७४ अर्ब हाम्रो बैंकको तर्फबाट राजश्व स्वरुप नेपाल सरकारलाई बुझाएका थियौं । यसका साथै सरकारका विभिन्न योजनाहरु जस्तै “खोलौं बैंक खाता” लगायतका कार्यक्रमहरु पनि सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यक सहर्काय र सहयोग गरिरहेका छौँ ।

सामाजिक उत्तरदायित्वका पक्षमा भइरहेका कामहरु बताईदिनुस् न ?

हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा काम गरिरहेका छौँ । मूलतः हामीले ठूलो रकम वित्तीय साक्षारता कार्यक्रम अन्तर्गत देशका विभिन्न ठाँउमा खर्च गरेका छौँ । साथै पशुपति क्षेत्रको विकास तथा सहयोगको लागि लकर सहितको भवन निर्माण व्यवस्था गरेका छौँ। डिजास्टर व्यवस्थापनको लागि आवश्यक सहयोगहरु गरेका छौँ। यसको साथै लागि नेपाल राष्ट्र बैंकको नीति र्निदेशनभित्र रही विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्दै आएका छौँ ।

तपाईंको शैक्षिक योग्यताका साथै बैंकिङ करियर यात्राका बारेमा बताईदिनुस्न । कसरी सुरु गर्नुभयो ? के-के अनुभवहरु गर्नुभयो ?

मैले त्रिभुवन विश्वविध्यालयबाट एमबीए गरेको छु । साथै नेदरल्यान्ड को इरास्मस विश्वविद्यालयबाट ‘एड्भान्स लिडरसिप एण्ड म्यानेजमेन्ट प्रोग्राम’ मा डिप्लोमा गरेको छु ।

बैंक अफ काठमाडौं (बीओके) बाट सन् २००० मा शुरु गरेको मेरो बैकिङ करियर आज २० वर्षको बैकिङ्ग सेवामा यो स्तरसम्म आइपुगेको छ। बैंकिङ्ग करियरमा थुप्रै रमाइला अनि चुनौतीपूर्ण अनुभव नै रहे । बिओकेबाट शूरु गरेको बैँककिङ्ग करियर सानिमा बैंक हुँदै साढे ६ वर्ष अघि माछापुच्छ्रे बैँकमा प्रवेश गरेको हो। छोटो समयमा धेरै कुरा सिक्दै र बुझ्दै अनुभव लिँदै यहाँसम्म आइपुगेको छु । अब यसै क्षेत्रमा योगदान गर्दै देशलाई कति सेवा पुर्‍याउन सकिन्छ भन्नेमा नै ध्यान केन्द्रित छ।

माछापुच्छ्रे बैंकको रफ्तार आगामी दिनहरुमा कसरी अघि बढ्छ ?

माछापुच्छ्रे बैंक आगामी दिनमा आफ्नो दिर्घकालीन रणनीतीक योजना अनुसार अगाडी बढ्ने छ। शाखा सञ्जाल वृद्धिसँगै व्यवसाय वृद्धिमा जोड दिने छौँ । डिजीटल प्रविधीको क्षेत्रमा उचित व्यवस्थापन तथा लगानी गर्नै छौँ। सम्पतीको गुणस्तर वृद्धि, संस्थागत सुशासन, जोखीम व्यवस्थापन र अनुपालन हाम्रा आगामी दिनका कार्य योजनामा पर्नेछन् ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

साँच्चै भन्नुपर्दा अहिले नेपाल सरकार यससँग सम्बन्ध अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकद्वारा ल्याईएका आर्थिक व्यवस्थाका नीतिगत सुधारहरु दिर्घकालीन हिसाबले राम्रा छन्। तर यसको लागू गर्ने सम्बन्धमा एकैचोटी हतार गर्दा प्रणालीगत जोखिम र आर्थिक मन्दीतिर देशलाई धकेल्नेछ कि भन्ने चिन्ता हो।

विकाशोन्मुख देशमा कर्जा र निक्षेपको वृद्धि उच्च रहनुपर्ने अवस्थामा कर्जा लिँदा करसम्बन्धी पछिल्ला प्रावधानहरु, ‘ब्यासेल-III’ को ‘काउन्टर चक्रीय बफर’ को वृद्धि ‘कमन इक्विटी (टियर १)’ पूँजीमा हुने, कर्जा लिदा कायम गर्नु पर्ने ‘डेब–इक्वीटी रेसियो’, ‘स्प्रेड दर’ को संकुचनसँगै सरकारी राजश्वमा आउने कमी आदि व्यवस्थाहरु एकैपटक लागू गर्दा कर्जाको माग कम भई त्यसका प्रणालीगत असरले आर्थिक मन्दी त निम्तिने होइन भन्ने चिन्ता हो । तसर्थ, यससँग सम्वद्ध निकायहरुले बेलैमा ध्यान दिनु पर्छ कि भन्ने लाग्छ ।