चितवन – बसको ठक्करबाट पुर्वी चितवनको रत्ननगरमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


गएराति सवा १२ बजे रत्ननगर नगरपालिका वडा नम्बर ३ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा बा ४ ख ९५०९ नम्बरको बसले विपरीत दिशाबाट गइरहेको ना ३९ प १९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


हालसम्म मृतकको परिचय खुल्न सकेको छैन ।