काठमाडौं – बलात्कार आरोप लागेका संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत एसएसपी शौरभ राणाले आत्मसमर्पण गरेका छन् । आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर एसएसपी राणाले आत्मसमर्पण गरेका हुन् ।


ADVERTISEMENT


यौन दुर्व्यवहारको आरोपमा राणालाई गृह मन्त्रालयले दुई दिन अघि निलम्बन गरेको थियो। राणाले इटहरीको एक होटलमा आफूलाई यौन दुव्र्यवहार गरेको भन्दै एक महिलाले उजुरी दिएकी थिइन्। ती महिलाको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो ।


ADVERTISEMENT

# # #


यता एसएसपी राणाले भने उक्त कुरामा सत्यता नभएको दाबी गर्दै आएका छन् ।